Logo
Logo

प्युठानमा खस्यो ११ बजेसम्म ३० प्रतिशत मत


819
Shares

प्युठान । स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म प्युठानमा ३० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म ३० प्रतिशतको हाराहारीमा मतदान भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।

प्युठानका सबै केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको उनले बताए । ‘अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने ।

प्युठानमा कूल २ सय २० मतदान केन्द्र एवं १ सय ५१ मतदानस्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्