Logo
Logo

काठमाडौंको उपमेयरमा पूर्वमिस नेवा सुनितालाई लोकप्रिय मत


3.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छन् ।

पुर्वमिस नेवासमेत रहेकी सुनिताले प्रारम्भदेखि नै अग्रता कायम गर्दै आएकी छन् । अहिलेसम्म सुनिताले ६ सय २ मत ल्याएकी छन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँगपछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता कायम राखेकी हुन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छन् । राष्ट्रियसभा गृहमा अहिले महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्