Logo
Logo

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीले तेब्बर मतको अग्रता लियो


रूपेन्द्र पटेल

412.5k
Shares

राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले तेब्बर मतका साथ अग्रता लिएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले पछिल्लो परिणाम अनुसार ८८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादीका मेयर उम्मेदवार अजयकुमार गुप्ताले २८४ मात मात्र प्राप्त गरेका छन् । एमालेका उम्मेदवार अनिलकुमार मिश्रले अहिलेसम्म जम्मा १७ मत मात्र पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीले नै अग्रता लिएको छ । एकीकृत समाजवादीबाट उमपेयरका उम्मेदवार शैलकुमारी साहले ९२९ मत पाएका छन् । मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादीका उपमेयर उम्मेदवार उषा झाले हालसम्म २९० मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेका उम्मेदवार अमबेया खातुनले जम्मा १० मत मत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्