
विराटनगर । मतगणनामा खटिएका कर्मचारी हराएपछि विराटनगर महानगरको मतगणना ३ घन्टादेखि अवरुद्ध भएको छ । वडा नंं १ को गणनामा खटिएका गणक प्रकाश ढुंगाना सम्पर्कमा नआएपछि मतगणना अवरुद्ध भएको हो ।
दिउँसोको सिफ्टका गणक कर्मचारी बेलुका ८ः२० मा परिर्वतन भएपछि गणक ढुंगाना बेपत्ता भएका थिए । गणनामा खटिएका एक कर्मचारीका अनुसार ढुगाना गणना गर्न नसक्ने भन्दै अन्य कर्मचारीलाई जानकारी गराएर हिँडेका हुन् ।
कर्मचारी नआउँदा मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले बताए । उनका अनुसार ढुंगाना सम्पर्कमा नआएपछि मतगणना कार्य सुचारु गर्न अन्य कर्मचारीलाई बोलाइएको छ ।














