Logo
Logo

बाबुरामको गृहनगर पालुङटारमा माओवादीलाई अग्रता


9.9k
Shares

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । जारी मत परिणाम अनुसार माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विवश चिन्तनले ९४३ मत प्राप्त गरेका छन् ।

सुरुवाती अग्रता लिएको जनता समाजवादी पार्टी (जसपा) भने अहिले माओवादीलाई पछ्याई रहेको छ । जसपाका मेयरका उम्मेदवार प्रेम बहादुर गुरुङले ८२९ मतका साथ माओवादीका उम्मेदवार चिन्तनलाई पछ्याई राखेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार निवर्तमान मेयर दिपक बाबु कँडेलले ६९५ मतका तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्