
काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा खठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
१ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् ।
त्यस्तै, राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ ।
रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।











