
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्तारुढ गठबनधनका उम्मेदवारले अग्रता लिएको छ ।
दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले झिनो मतको अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार थापाले १९ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार गीता अधिकारीले १९ सय ४० मत ल्याएकी छन् ।
मतगणना सुरु भएदेखि नै अग्रतामा रहेका अधिकार अहिले भने २८ मतले पछि परेका हुन् ।
दमक नगरपालिकामा गठबन्धनका तर्फबाट रेगिना भट्ट्राई उपमेयरका उम्मेदवार हुन् । उनले हालसम्म १९ सय ३० मत प्राप्त गरेका छन् ।
निरन्तर अग्रता कायम गर्दै आएका भट्टराईलाई एमालेका उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले पछ्याईरहेका छन् । खनालले हालसम्म १७ सय ५६ मत पाएका छन् ।











