रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले हराउँदै नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०६ मत आएको छ ।

यस्तै, उपाध्यक्षमा माओवादीका शर्मिला बुढामगर २ हजार १२२ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत पाएका थिए । थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए ।
सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं. २ मा अभिलाषा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवद्र्धन घर्तीमगर विजयी भएका छन् । वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन् ।














