दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा कांग्रेसका बागी उम्मेदवार सुनिल वलीले जितेका छन् ।

पार्टीले टिकट नदिएपछि धारा चुनाव चिन्हबाट निर्वाचन लडेका २३ वर्षीय सुनिल १०७ मतान्तरका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्राप्त मत परिणाम अनुसार वलीले ७४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ठाकुर केसीले ६४१ मत प्राप्त गरेका थिए ।














