Logo
Logo

एमाले नेता प्रभु शाहको गृहनगरमा माओवादीको अग्रता


224.8k
Shares

रौतहट । रौटहटको मौलापुर नगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रका रामप्रवेश राय यादव गठबन्धनबाट मेयरका उम्मेदवार छन् ।

अहिलेसम्मको मतपरिणाम अनुसरा गठबन्धनका उम्मेदवार यादवले ५९४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रीनाकुमारी साहले ४८३ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । माओवादीका रीनाकुमारी साह गठबन्धनबाट उपमेयर उम्मेदवार हुन् । रीनाकुमारीले अहिलेसम्म ५९१ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नागेन्द्रप्रसाद यादवले ४८४ मत पाएका छन् ।

रौटहटको मौलापुर नगरपालिका पूर्वमाओवादी नेता प्रभु शाहको गृहनगर हो । प्रभु अहिले नेकपा एमालेमा छन् ।

प्रतिक्रिया दिनुहोस्