Logo
Logo

भरतपुरमा रेनु दाहालको अग्रता कायमै


19.2k
Shares

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार रेनुले दाहालले २००६ ल्याएका छन् । उनले एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीलाई ५२ मतले पछि पारेका हुन् । एमालेका उम्मेदवार सुवेदीले १९५४ मत ल्याएका छन् ।

कांग्रेसका बागी जगन्नाथ पौडेलले ६५१ मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता लिएका छन् । उनले २२०१ ल्याएका छन् भने राप्रपाका हिमला गुरूङले १५७१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्