बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् । रोकायाले एमालेका चतुर्भूज शाहीलाई पराजित गरेका हुन् । रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए ।

गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिरन्जीवी शाही तेस्रो भएका छन् । शाहीले एक हजार २८२ मत मात्र पाए ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले एक हजार ८१० मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका सुलोचनाकुमारी भण्डारीले एक हजार ६३७ मत ल्याए ।
पाँच वटा वडा रहेको स्वमीकार्तिकमा २, ४ र ५ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार क्रमश बिष्णुबहादुर बुढा, सिंह धामी र अमर बहादुर सिंह विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका अजयबहादुर बिक विजयी भए भने ३ नम्बर वडामा एमाले उम्मेदवार प्रेमबहादुर कटेल वडाध्यक्षमा विजयी भए ।














