सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मीना कार्की निर्वाचित भएकी छन् ।
मीनाले १ हजार २६० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नेता डम्बर बस्नेतले १ हजार ११३ मत पाएका छन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रमिला बस्नेत कार्कीले ८६७ मत पाए ।














