पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंह आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ठूलो मतान्तरले अग्रता लिएका छन् ।

राजेशमान निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सरावगी भन्दा १४१५ मतले अघि छन् ।
पछिल्लो मतपरिणाम अनुसार सिंह २६०४ मत ल्याएका छन् भने सरावगीले ११८९ मत ल्याएका छन् । राप्रपाका मेयर उम्मेदवार गिरीश गिरीको ८६ मत छ ।














