Logo
Logo

सुनिपीपलमा कडा सुरक्षाबीच मतदान


630
Shares

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिपीपल चौर माविमा आइतबार कडा सुरक्षाबीच मतदान भएको छ । शुक्रबार उक्त मतदानस्थलमा नेकपा एमाले र सत्ता गठबन्धनबीच विवाद सिर्जना भएपछि स्थगित भएको थियो ।

आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाबीच उक्त मतदान भएको हो । (क) र (ख) मतदान केन्द्र रहेको उक्त मतदानस्थलमा एक हजार ९०६ मतदाता रहेपनि ४ बजेसम्म भने एक हजार १७७ मत खसेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

शुक्रबार दिउँसो मतदानस्थलमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि आज सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

उक्त मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी गरी करिब ३०० जना खटाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्