
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार रामदत्त जोशी फराकिलो मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका परमानन्द जोशी पराजित भए ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सुना जोशी विजयी भएका छन् । उपाध्यक्षमा एमालेका उम्मेदवार माधवी जोशी पराजित भए ।
लेकममा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो ।














