काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

आइतबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रबाट उम्मेदवार बनेका जमनसिंह धामी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनले ३८१३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवसिंह महरले ३०८४ मत पाए ।
त्यस्तै उपाध्यक्षतर्फ नेकपा कांग्रेको शर्मीलाकुमारी चन्दसिंह विजयी भएका छन् । उनले ३२२३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजु धामीले २८५३ मत पाए ।
मार्मा कांग्रेस–माओवादीले गठबन्धन गरेको थियो ।














