Logo
Logo

गुल्मीको चन्द्रकोट गाउँपालिकामा माओवादी विजयी


1.2k
Shares

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपमा माओवादी केन्द्र विजयी भएको छ ।

आइतबार राति आएको अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार युवराज खत्री ५७०० मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चेतनबहादुर बस्नेतलाई २,४५३ मतान्तरले पराजित गरेका हुन् । बस्नेतले ३२४७ मत प्राप्त गरको छन् ।

चन्द्रकोटको उपाध्यक्षतर्फ नेपाली कांग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका राधिका अर्याललाई १२०० मतान्तरले पराजित गरेका हुन् । भण्डारीले ५०१६ मत प्राप्त गरे भने अर्यालले ३८१६ प्राप्त गरेका छन् ।
युवराज र विष्णुप्रसाद कांग्रेस-माओवादी-नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्