काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका युक हाङ्वीर हांगाम निर्वाचित भएका छन् । नेकपा एमालेका केदाजङ्ग लिम्बूलाई पछि पार्दै युक हाङ्वीर निर्वाचि भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार युक हाङ्वीरले अध्यक्ष हांगामले ३ हजार बढी मत पाएका छन् । पूरा विवरण केहीबेरमा सार्वजनिक गरिने निर्वाचन अधिकृतले जानकारी दिए ।
उपाध्यक्षमा भने एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पालाई पछि पारेका हुन् ।














