काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा विजयी भएका छन् ।

उनले ६ हजार ३९ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १ हजार २ सय ५७ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालकै भागिरथी शर्मा भट्टराई विजयी भएकी छिन् । उनले ५ हजार ८ सय ९४ मत प्राप्त गरे ।
नेपाली कांग्रेसकी विष्णु कुमारी आचार्यले २ हजार २ सय ५० मत प्राप्त गरे ।














