
काठमाडौं । इटहरी उपमहानगरपालिकामा गठबन्धको उम्मेदवारले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार ठबन्धनर्फका कांग्रेस उम्मेदवार हेम कर्ण पौडेलले ४१६८ ल्याएर अग्रता कायम गरेका छन् ।
त्यस्तै, नेकपा एमालेको उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले ३१५३ ले पछ्याइरहेका छन् ।
त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार गंगाबहादुर श्रेष्ठले ४१७ मत ल्याएर तेस्रो स्थानमा पछ्याइरहेका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार आकाश हाङ्ग लिम्बुले ३४० प्राप्त गरेका छन् ।
यसैरी उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार संगीताकुमारी चौधरीले ३४८९ मतले अग्रता लिएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट २५९७ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका बबिताकुमारी चौधरीले ५३० ल्याएका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिलिता लिम्बु ४१ मत प्राप्त गरेका छन् ।














