
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनतर्फका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
पछिल्लो परिणाम अनुसार मेयर उम्मेदवार कांग्रेसका किसोर राईले ३ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् । एमालेकी मन्जु भण्डारी २ हजार ६ सय ७९ मतसहित पछ्याइरहेकी छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई २ हजार ५ सय २० ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा ३ हजार ८ सय ३० मत ल्याएर अगाडी छन् ।
एमालेका पदमप्रसाद लिम्बु ३ हजार २ सय ३७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।














