
काठमाडौं । नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यही असोज ५–८ गते बसेको एमाले केन्द्रीय समिति बैठकले उनीहरुलाई केन्द्रीय सदस्यहरू मनोनीत गरेको थियो । हिजै शपथको कार्यक्रम तय भएको थियो । तर, नेता घनेन्द्र बस्नेतको निधनका कारण शपथ कार्यक्रम स्थगित गरिएको थियो ।
आज शपथ लिएका केन्द्रीय सदस्यहरु
काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत
विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान, ध्रुव विस्ट ।













