Logo
Logo

गौतम बुद्धले नेपाल-भारतलाई भावनात्मक रुपमा जोडेको छ : प्रधानमन्त्री


378
Shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले नेपाल र भारतलाई भावनात्मकरूपमा आपसमा जोडेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धले नेपाल र भारतलाई आपसमा भावनात्मक र धार्मिकरूपमा जोडेको बताएका हुन् ।

उनले भने, ‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिक्कै श्रदय हुनुहुन्छ । उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतम बुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्ति दिलाइरहेको उनको भनाइ छ ।

जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउन बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, इर्ष्याको र युद्धको सामना गरिरहनुपरेको छ ।’

प्रतिक्रिया दिनुहोस्