काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपार र भारतको सम्बन्ध हिमालजस्तै अटल भएको बताएका छन् ।

लुम्बिनीमा सोमबार अयोजित कार्यकमलाई सम्बोधन गर्दै मोदीले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल र भारतको सम्बन्ध हिमालजस्तै अटल छ । दाजुभइको जस्तै छ ।’
उनले नेपाल आउँदा आफूलाई आध्यात्मिक अनुभूति हुने बताए ।उनले भने, ‘नेपाल भ्रमणमा आउँदा मलाई राजनीतिकभन्दा अलग एउटा अध्यात्मिक अनुभूति हुन्छ ।’











