काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका उम्मेदवार कृष्णमान लामाले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरी निर्वाचित भएका हुन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का गोपिलाल सिंतानलाई पराजित गरेका हुन् । सिंतान २०७४ सालमा अध्यक्ष निर्वाचित भएका थिए ।
लामाले ३१०४ मत पाएर विजयी भएका हुन् । सिंतानले २५०९ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले जितेका छन् ।
उनले एमालेकी रनिता तामाङलाई हराएका हुन् । घिमिरेले ३२२७ मत पाएका छन् भने एमाले २०४८ मत पाएकी छन् ।











