काठमाडौं । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत पाए ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै अलैपूरा जैशी विजयी भएका छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १५२३ मत पाए । यो गाउँपालिकामा अघिल्लो पटक पनि माओवादीले जितेको थियो ।











