
काभ्रे । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
नेकपा एकीकृत समाजवादीका टोकबहादुर तामाङ गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवार हुन् । पछिल्लो मतपरिणाम अनुसार तामाङले २८८४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेबाट बिदुरप्रसाद सापकोटा मेयरका उम्मेदवार हुन् । उनले अहिलेसम्म २७७३ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा पनि गठबन्धनले नै अग्रता लिएको छ । नेपाली कांग्रेसका बिष्णुमणी नेपाल गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार हुन् ।
पछिल्लो मतपरिणा अनुसार नेपालले फराकिलो अग्रता लिएका छन् । उनले अहिलेसम्म ३०९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेबाट उपमेयरका उम्मेदवार सरिता ढकालले २३६० मत प्राप्त गरेका छन् ।














