उदययपुर । उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका ढुङ्गराज निर्वाचित भएका छन् ।

अन्तिम परिणामअनुसार माओवादीका विश्वकर्माले एमालेका उम्मेदवार बाबुराम राईलाई ३८ मतान्तरले पराजित गरेका छन् । अध्यक्ष निर्वाचित विश्वकर्माले १ हजार ७ सय ८७ मत ल्याए भने एमालेका राईले १ हजार ७ सय ४९ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर निर्वाचित भएका छन् । उनले एमालेका मनकुमारी थापालाई १ हजार २ सय ८० मतान्तरले उछिनेका छन् । कांग्रेसकी धना मगरले २ हजार ५ सय ८६ मत ल्याउँदा एमालेकी थापाले १ हजार ३ सय ७० मतमात्रै प्राप्त गरेका छन् ।














