काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार मीना लामाले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार लामाले उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह ३२४ मतान्तरले पछि पारेका छन् । उनले ५२५४ मत ल्याएका छन् भने राप्रपाका सिंहले ४९३० मत प्राप्त गरेका छन् । त्यस्तै एकपा एमालेका अनन्तप्रसाद पौडेलले ४३८७ प्राप्त गरेका छन् ।
उपमेयरतर्फ कांग्रेसका राजेश बानियाँले ११२६ मत अग्रता लिएका छन् । उनले ४४२१ मत प्राप्त गरेका छन् भने एमालेकी सुमित्रा काफ्ले ३२९५ र राप्रपाका इन्दिरा डल्लाकोटीले ८९० मत प्राप्त गरेका छन् ।














