
विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा सत्तरुढ गठबन्धनले अग्रता कायम रहेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले ६३४३ मतसहित अग्रता कामय राखेका हुन् ।
मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापा १५१० अन्तरले पछि परेका छन् । पछिललो मतपरिणाम अनुसार सागरले ४८३३ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेबाट उपमेयरका उम्मेदवार शिल्पा कार्कीले ४९३३ मत प्राप्त गर्दा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले ३४३२ मत प्राप्त गरेका छन् ।














