
काठमाडौं । सल्यानको शारदा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रकाश भन्डारी विजयी भएका छ्न् ।
उनी ६ हजार २ सय १७ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ मत ल्याए ।
उपमेयरमा पनि कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छन् । उनले ५ हजार ३ सय ८० मत प्राप्त गरेकी छ्न् ।
नेकपा एमालेकी जालना भन्डारी ४ हजार ५ सय २२ मत ल्याउँदै उपमेयरमा पराजित भइन् ।











