
काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका नारायणबहादुर कार्की ५७०४ मतसहित विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका नारायणबहादुर जिसी ४७२६ मतसहित पराजित भए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका कान्ता अधिकारी ५४७९ मत विजयी भइन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लक्ष्मी खनाल ४९३६ मतसहित पराजित भइन् ।











