
काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकामा गठबन्धन विजयी भएको छ ।
अध्यक्षमा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७ सय ९२ मत ल्याएर बिजयी भएका छन् । उपाध्यक्षमा कंग्रेसका जितेन्द्रमान तामाङ्ग ६ हजार ९८ मतसहित विजयी भए ।
एमालेबाट अध्यक्षका प्रत्यासी प्रेम लामाले ४ हजार ५ सय ६८ मत ल्याएर पराजित भए । । एमालेकै उपाध्यक्ष उम्मेदवार कल्पना श्रेष्ठले ४ हजार २९ मत पाएकी छन् ।
यहाँ एमाले ५ , काङ्ग्रेस ३, माओवादी १ र समाजवादी १ वडामा विजयी भएका छन् ।











