Logo
Logo

संसदको कार्यशैली ‘कर्मकाण्डी’ भयो, आत्मसमीक्षा गरौँ : विपिन आचार्य


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदको विद्यमान कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाउँदै आत्मसमीक्षा गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले हालको संसदीय अभ्यास केवल कर्मकाण्डी बनेको टिप्पणी गर्दै यस्तै अवस्था रहे नागरिकमा निराशा बढ्ने चेतावनी दिए ।

महामन्त्री आचार्यले कार्यपालिकालाई जवाफदेही बनाउने दायित्व बोकेको व्यवस्थापिका आफैँले आफ्नो लय समात्न नसकेको यथार्थ स्वीकार गर्नुपर्ने बताए । उनले संसदीय बैठकहरू समयमा शुरु नहुनु, गणपूरक संख्या नपुग्नु र सांसदहरू बैठकमा अनुपस्थित हुनुलाई संसदको गरिमामाथिको प्रहारका रूपमा चित्रण गरे ।

उनले भने, ‘विगत ६ महिनामा २७ सयभन्दा बढी पटक जनसरोकारका मुद्दा उठाइए पनि ती आवाजहरूको नतिजा के हो ? संसद बोल्ने मञ्च मात्र हो वा समाधान खोज्ने ? हामी कोही पनि एकअर्काका प्रतिष्पर्धी होइनौँ । हाम्रो साझा प्रतिस्पर्धी गरिबी र कुशासन हो ।’

आचार्यले विधेयक निर्माणमा सांसदहरूको भुमिकाबारे पनि प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्