Logo
Logo

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न


0
Shares

काठमाडौं । जङ्गी अड्डामा बिहीबारबाट सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक–२०८३ सम्पन्न भएको छ ।

शुक्रबार बैठकको समापन गर्दै प्रधानसेनापति अशोक सिग्देलले यस वर्ष भएका विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यावसायिकता एवम् सम्पादन गरिएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुका साथै प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

बैठकमा सम्पादन भएका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य लगायत समसामयिक विषयहरूमा छलफल गरिएको थियो । पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द लगायत अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्