
पश्चिम रुकुम । नेकपा माओवादी केद्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहनगर पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस–एमाले गठबन्धनले अग्रता लिएको छ ।
मुसिकोटमा कांग्रेस–एमाले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र केसी मेयरका साझा उम्मेदवार हुन् । अहिलेसम्मको मतपरिणाम अनुसार केसीले ३३८२ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्मा २६४५ मतसहित पछि परेका छन् ।
उपमेयरमा पनि कांग्रेस–एमाले गठबन्धनले नै अग्रता लिएको छ । कांग्रेस–एमाले गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एमालेका थलबहादुर ओलीले २९३२ मतसहित अग्रता लिएको छ ।
माओवादीबाट उपमेयरका उम्मेदवार विमलाकुमारी पुन मगरले हालसम्म २९३२ मत मात्र प्राप्त गरेका छन् ।














