Logo
Logo

रोटरी वेस्टमा विष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार । रोटरी क्लव अफ काठमाडौं वेस्टको नेतृत्व परिवर्तन भएको छ । रोटरी क्लव अफ काठमाडौं वेस्टको नयाँ अध्यक्षमा दिगविजय विष्ट चयन भएका छन् ।
आइतबार बिहान होटल ग्राण्डमा आयोजित एक समारोहबीच पुर्वअध्यक्ष मनमोहन श्रेष्ठले विष्टलाई पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण समारोहको प्रमुख अतिथिमा रोटरी क्वलका एजी अनिल श्रेष्ठ रहेका थिए । उक्त अवसरमा प्रमुख अतिथि श्रेष्ठले रोटरी क्लव अफ काठमाडौं वेस्टले विगतदेखि नै उत्कृष्ट काम गर्दै आएको स्मरण गर्दै स्वर्गीय हिक्मतबहादुर मालीले विगतमा यस क्लवको कुसल नेतृत्व गरेको बताए । एजी श्रेष्ठले आगामी दिनमा वार्षिक कार्ययोजना बनाएर तोकिएको योजना र काम तोकिएकै अवधिमा सम्पन्न गर्न सुझाव दिए । उनले भने, ‘बरु सानो योजना बनाउनुस्, त्यो योजना परिणाममुखी होस् र तोकिएकै समयमा सम्पन्न होस् ।’
कार्यक्रममा रमेश मिलन श्रेष्ठले आगामी कार्यभारका विषयमा विभिन्न जिम्मेवार रोटारियनहरुको काम, कर्तव्यका बारेमा कार्ययोजना प्रस्तुत गरेका थिए । ४६ सदस्यीय काठमाडौं वेस्टमा ६ जना महिला सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्