Logo
Logo

सस्मितले भने- पार्टीको निर्देशनमा आईजीपी हटाइएको हो


0
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको बताएका छन् ।


बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले संवेदनशील विषयमा सरकारले केही गर्नुप¥यो भन्ने पार्टीबाट निर्देशन आएकाले कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताए ।

उनले भने, ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुप¥यो भन्ने पार्टीबाट निर्देशन आएको थियो । त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । तर प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने पनि संवेदनशील जिम्मेवारी हो ।’

मन्त्री पोखरेलले आईजीपी कार्कीमाथि कारबाही नगरिएको पटक–पटक दोहोर्याए । ‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालया ल्याइएको हो । कारबाही भएकै छैन,’ उनले दाबी गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000