Logo
Logo

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर


0
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत काठमाडौंमा उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

सेवा प्रवेश गर्दा र बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी उनीविरुद्ध परेको थियो । उजुरीका आधारमा अनुसन्धान हुँदा भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको छ ।आयोगका प्रवक्ता सुरेश न्यौपानले प्रमाणपत्र जारी गर्ने निकायले दिएको सूचना अनुसार भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पाइएको जानकारी दिए ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर कायम गरेको छ । त्यसैगरी, भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000