Logo
Logo

भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३ हजार २०२ मतको फराकिलो अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार रेनुले २२ हजार ५९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीले १९ हजार ३९४ मत पाएका छन् । स्वतन्त्र उम्मेदेवार जगन्नाथ पौडेलको ८ हजार ३७३ मत आएको छ ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले २४ हजार ८४६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले-राप्रपा गठबन्धनमा हिमला गुरुङले १५ हजार ३११ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा अझै १७ वटा वडाहरुको मत गन्न बाँकी छ । अहिलेसम्म ५९ हजार ७२५ मत गनिएको छ ।

प्रतिक्रिया दिनुहोस्