
काठमाडौं । आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान)बीच तीन वर्षे सम्झौता भएको छ । यससँगै आर्य फार्माल्याब नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्वास्थ्य साझेदार बनेको छ।
यस सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरूले निःशुल्क रक्तचाप जाँच, उचाइ तथा तौल मापन र मधुमेह परीक्षणको सुविधा प्राप्त गर्नेछन्।















