Logo
Logo

भागमा परेको धनगढी उपमहानर गुमाउँदै कांग्रेस



स्वतन्त्र उम्मेदवार गाेपाल हमाल

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा कैलालीको धनगढी उपमहानगरपालिका नेपाली कांग्रेसको भागमा परेको थियो । तर, उक्त उपमहानगर कांग्रेसले गुमाउने पक्का भएको छ ।

धनगढीको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि छन् ।

हालसम्म स्वतन्त्र उम्मेदवार हमालले २४ हजार ५२९ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले आधा अर्थात १२ हजार ७७१ मत मात्र पाएका छन् ।

गणना गर्न बाँक रहेका सबै मत वडको पक्षमा आए पनि जित असम्भव रहेको गणनामा सहभागी एक कांग्रेस नेताले बताए ।

उपमेयरको अवस्था पनि उस्तै छ । धनगढीमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्तिकुमारी अधिकारी उपमेयरका उम्मेदवार हुन । अधिकारीभन्दा एमालेका उम्मेदवार कन्दकलाकुमारी राना अगाडि छन् ।

हालसम्म रानाले १२ हजार ५९४ मत पाउँदा अधिकारीले ११ हजार ५८९ मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्