Logo
Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि १० रुपैयाँ बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमलले गत वैशाख ३१ गते मात्र पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सरकारले ९ दिनमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २० रुपैयाँ बढाएको हो ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्