Logo
Logo

अन्तर्घात नभएको भए चार सय पालिका जित्ने थियौं : कांग्रेस


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले अन्तर्घात नभएको भए चार सयको हाराहरीमा पालिका जित्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, ‘अन्तर्घातको समस्या समाधान भएको छैन । नभएको भए यतिमात्रै होइन, ४ सय नजिक स्थानीय तहमा जित हासिल गथ्र्यौँ, यसबारेमा सबै सूचना आइसकेपछि व्यापक समीक्षा हुनेछ ।’

कांग्रेसले ५० प्रतिशत नगरपालिकामा जित हाँसिल गरेको उनको भनाइ छ । एमालेले एक्लै लडेको भन्ने दाबीमा सत्यता नभएको भन्दै उसले पनि विभिन्न पार्टीहरुसँग तालमेल गरेको उनले बताए ।

आगामी रणनीति आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ । उनले भने, ‘गठबन्धनलाई पनि सँगै अगाडि बढाउने विषयमा हामी छलफल गर्छौं। पार्टीभित्र र गठबन्धनका दलमा पनि छलफल गरेर अघि बढ्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्