Logo
Logo

व्याक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का



चितवन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेसस चितवनले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।

उनले भने, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुबिधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।’

स्थानीय जनप्रतिनिकिा आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।

देशमा दिगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताए ।

पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए ।

भनले भने, ‘निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेससले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।’ पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताए । उनले भने, ‘यही गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन गरेर दुई तिहाइ बहुमत ल्याउनुपर्छ ।’

गठबन्धनबाट निर्वाचन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने उनले बताए । स्थानीय तहको निर्वाचनमा देखिएको कम्जोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्