Logo
Logo

काँग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरु


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ ।  

The current image has no alternative text. The file name is: nepali-congress.jpg

 शनिबार, पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको हो । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् ।  झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ । 

महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौंको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्