Logo
Logo

महिनावारी स्वच्छता दिवसमा ‘साइकल र्याली’


567
Shares

महिनावारी स्वच्छता दिवसका अवसरमा शनिबार काठमाडौंको पुतलिसडकमा निकालिएको साइकल र्याली

काठमाडौ । शनिबार महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

दिवसका अवसरमा सवास्थसँग सम्बन्धित विभिन्न संघ संस्थाले काठमाडौंमा साइकल र्यालीको आयोजना गरेका छन् ।

महिनावारीप्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्ने उद्देश्यले दिवस मनाइएकाे हाे ।

चेतनामूलक प्ले कार्डसहितको र्यालीले काठमाडौंको चक्रपथ परिक्रमा गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो ।

नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै स्यानिटरी प्याड प्रयोग गर्छन् । विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत र स्वच्छता व्यवस्थापनको विषय जटिल बन्ने गरेको छ ।

विद्यालयमा महिलामैत्री शौचालय नहुँदा समेत समस्या हुने गरेको तथ्यांकले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्