Logo
Logo

ओलीलाई देउवाको प्रश्न- तीन वर्ष अघि ईपीजीको प्रतिवेदन किन नबुझेको ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन तीन वर्ष पहिले किन नबुझेको भन्दै प्रश्न गरेका छन् ।

सरकारले ईपीजीको प्रतिवेदन बुझ्न नमानेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेको प्रमुख प्रतपक्षी दलका नेता ओलीले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै ओलीलाई त्यति बेला किन बनुझेको भनेका हुन ।

ओलीको सवालमा प्रधानमन्त्री देउवाले भने– ‘प्रबुद्ध समूहको प्रतिवेदन तीन वर्षपहिले नै तयार भएको सबैलाई थाहा छ । त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपर्थ्यो किन बुझिएन ?’

प्रतिवेदन बुझ्ने वातावरण बनाउन सरकार लागिरहेको भन्दै प्रधानमन्त्री देउवाले कूटनीति सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्ने समेत बताए ।

प्रधानमन्त्री देउवाले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको समेत बताए । छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउँदै देउवाले विगतमा चीन विरोधीलाई आफ्नै सरकारको पालामा प्रतिबन्ध लगाएको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्