Logo
Logo

स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट


378
Shares

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोज गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत स्वास्थ्य क्षेत्रका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड र २७ अर्ब ४४ करोड हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, सरकारले आगामी वर्ष ५ ठाउँमा ट्रामा सेन्टर स्थापना गर्ने भएको छ ।

रुपन्देहीको सैनामैना, नवरपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रामा सेन्टर स्थापना गर्न बजेट बिनियोजन गरिएको हा ।

दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्पेरित गर्न एक चिकित्सक एक कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्